टोकियो ओलम्पिकमा कल्पनाको राष्ट्रिय कीर्तिमान
काठमाडौं, साउन ९ : जापानमा जारी ओलम्पिकमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।उनले टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला १० मिटर...
काठमाडौं, साउन ९ : जापानमा जारी ओलम्पिकमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।
उनले टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला १० मिटर एयर राइफलमा छनोट चरणमा ६१६.८ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्। यसअघि १३ औं दक्षिण एसियाली खेलकुदमा कल्पनाले ६१४.५ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।
उनले राष्ट्रिय कीर्तिमान बनाए पनि टोकियो ओलम्पिकको अन्तिम चरणमा भने छनोट हुन सकिनन्। छनोटबाट शीर्ष ८ खेलाडीले मात्र फाइनल खेल्नेछन्। उनी ५० जना खेलाडीमध्ये ४६ औं स्थानमा रहिन्।
नर्वेकी डुस्टेड शीर्ष स्थानमा रहँदै ६३२.९ अंक जोडिन्। दोस्रो स्थानकी कोरियन खेलाडी दोस्रो तथा अमेरिकी खेलाडी तेस्रो भइन्।
प्रकाशित मिति: ०८:१६ बजे, शनिबार, साउन ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-(7)-1765197040.jpg)





-(7)-1765197040.jpg)

-1765195794.jpg)
-1765195343.jpg)