Kathmandu Press

आजबाट लामो दूरीका सार्वजनिक यातायात चल्ने

काठमाडौं, साउन ९ : आजबाट लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातका साधन चल्ने भएका छन्।कोरोना भाइरसको दोस्रो लहर आएसँगै निषेधाज्ञा जारी गरिएपछि यातायातका...
आजबाट लामो दूरीका सार्वजनिक यातायात चल्ने

काठमाडौं, साउन ९ : आजबाट लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातका साधन चल्ने भएका छन्।

कोरोना भाइरसको दोस्रो लहर आएसँगै निषेधाज्ञा जारी गरिएपछि यातायातका साधन सञ्चालनमा रोक लगाइएको थियो। दुई सातादेखि काठमाडौं उपत्यकामा सवारी साधन सञ्चालनमा आए पनि लामो तथा मध्यम दूरीका गाडी भने चल्न दिइएको थिएन्।

आजबाट भने अन्तर जिल्ला र अन्तर प्रदेशमा सार्वजनिक यातायातका साधन चल्ने भएका छन्। काठमाडौं जिल्ला प्रशासन कार्यालयले विश्वविद्यालय तथा लोक सेवा आयोगका परीक्षालाई ध्यानमा राखेर लामो दूरीका यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ। साथै लामो दूरीका सवारी साधनका लागि काउन्टरबाट मात्रै टिकट काट्न सचेत गराएको छ।

प्रकाशित मिति: ०७:४२ बजे, शनिबार, साउन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्