Kathmandu Press

रिङ रोड नेपाललाई हस्तान्तरण

काठमाडौं, माघ १४ : चीनले निर्माण गरेको चक्रपथको विस्तारित कोटेश्वर–कलंकी सडक खण्ड नेपाललाई हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री केपी शर्....

रिङ रोड नेपाललाई हस्तान्तरण
रिवाज राई

काठमाडौं, माघ १४ : चीनले निर्माण गरेको चक्रपथको विस्तारित कोटेश्वर–कलंकी सडक खण्ड नेपाललाई हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा निर्माण कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडले सडक विभागलाई हस्तान्तरण गरेको हो ।

पाँच वर्ष लगाएर पाँच अर्ब रुपैयाँमा कोटेश्वर–कलंकी खण्ड निर्माण गरिएको हो । पहिलो चरणमा १० किलोमिटर ३९ मिटरको कोटेश्वर–कलंकी खण्ड विस्तारको काम सकिएको छ । 

चक्रपथको कुल लम्बाइ २७ किलोमिटर छ । बाँकी सडक विस्तारको काम पनि छिट्टै शुरु हुने जनाएको छ ।

 

प्रकाशित मिति: ११:४२ बजे, सोमबार, माघ १४, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्