Kathmandu Press

जिम्मेवार प्रतिपक्षका रूपमा सरकारलाई सहयोग गर्छौँः नेम्बाङ

एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले सरकारलाई आफ्नो पार्टीले जिम्मेवार प्रतिपक्षका रूपमा सहयोग गर्ने बताएका छन्।
जिम्मेवार प्रतिपक्षका रूपमा सरकारलाई सहयोग गर्छौँः नेम्बाङ

काठमाडौं, साउन ८ : एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले सरकारलाई आफ्नो पार्टीले जिम्मेवार प्रतिपक्षका रूपमा सहयोग गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ दिने कार्यसूचीअन्तर्गत दलको तर्फबाट बोल्दै नेम्बाङले हरेक मन्त्रालयको अनुगमन गर्ने र सरकारलाई कमी कमजोर औँल्याउने उनले बताए ।

प्रतिनिधिसभा पुनःस्थापना हुने सर्वोच्च अदालतको २८ असारको फैसला ठीक नभएको उनको दाबी थियो । तर, सर्वोच्च अदालतको फैसलालाई मानेर अगाडि बढ्ने बताए ।

आफ्नो पार्टीमा उत्पन्न विवाद समाधानमा आफूहरू लागिरहेको र त्यसका लागि शुभकामना दिन अन्य पार्टीहरूसँग उनले आग्रह गरे ।
 

प्रकाशित मिति: १३:५० बजे, शुक्रबार, साउन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्