लम्पसारवादी नीतिले विषादीसम्बन्धी निर्णय फिर्ता : खाँड
काठमडौं, असार २२ : प्रमुख प्रतिपक्ष दल कांग्रेसले भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषाधि परिक्षण नगर्ने निर्णयप्रति आपत्ति जनाउँदै त्यसबारे संसदल....

काठमडौं, असार २२ : प्रमुख प्रतिपक्ष दल कांग्रेसले भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषाधि परिक्षण नगर्ने निर्णयप्रति आपत्ति जनाउँदै त्यसबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गरेको छ।
प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेवित्तिकै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जनताको स्वास्थ्यमाथि गम्भिर खेलबाड हुने गरी सरकारले लिएको सो निर्णयबारे संसदलाई तत्काल जानकारी गराउन माग गरे। उनले सरकारले भारतसामू लम्पसारवादी नीति लिएकै कारण सो निर्णय लिएको आरोप पनि लगाए।
प्रमुख सचेतक खाँडले जनताको स्वास्थ्यमाथि गम्भिर आघात पु¥याउने गरी निर्णय लिएर सरकारले शक्तिराष्ट्र भारतसामू निरिहता प्रकट गरेको जिकिर गरे।
प्रमुख सचेतक खाँडले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई प्रहरीले गैरकानुनी ढंगले हत्या गरेको दावी गर्दै त्यसप्रति निन्दा पनि व्यक्त गरे। सरकारले पौडेललाई संविधान र कानुनको बर्खिलाप हुने गरी हत्या गरेर मानवअधिकारको समेत गम्भिर उलंघन गरेको उनको दावी थियो।











