रावलले लिए राजीनामा फिर्ता
काठमाडौं, साउन ८ : एमाले उपाध्यक्ष भीम रावलले आज (शुक्रबार) सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएका छन्।त्यसका लागि उनले सिंहदरबारस्थित संसद सचिवालयमा पुगेर सभामुख...
काठमाडौं, साउन ८ : एमाले उपाध्यक्ष भीम रावलले आज (शुक्रबार) सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएका छन्।
सिंहदरबारस्थित संसद सचिवालयमा पुगी सभामुख अग्नि सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन्।
उनले आफ्ना मतदाता तथा पार्टी सदस्यहरूको आग्रहअनुसार राजीनामा फिर्ता लिएको प्रतिक्रिया दिएका छन्।
एमालेभित्र अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको द्वन्द्वमा सुरुदेखि नै नेपाललाई साथ दिँदै आए पनि पुनःस्थापित प्रतिनिधिसभाको साउन ३ गते बसेको पहिलो बैठकका दिन उनले सांसद पदबाट राजीनामा दिएका थिए।
उक्त दिन प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएका थिए। रावलले बैठक प्रारम्भ हुनुअगावै सभामुख अग्नि सापकोटासमक्ष सांसद पदको राजीनामा बुझाएका थिए। तर उनको राजीनामा स्वकिृत भने भएको थिएन।
उक्त राजीनामा प्रकरणपछि नेपाल-रावलबीचको सम्बन्ध चिसिएको छ। एमाले विवाद समाधानका लागि गठित कार्यदलमा रावल नेपाल समूहबाट संयोजकसमेत थिए।











