Kathmandu Press

एउटै मञ्चमा नेपाल, दाहाल, वैद्य र विप्लव

काठमाडौं, साउन ८ : एउटै मञचमा नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा महासचिव नेक्रविक्रम चन्द...
एउटै मञ्चमा नेपाल, दाहाल, वैद्य र विप्लव

काठमाडौं, साउन ८ : एउटै मञचमा नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा महासचिव नेक्रविक्रम चन्द विप्लव र नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्य उपस्थित हुने भएका छन्।

शुक्रबार पुष्पलाल मित्रता केन्द्रले प्रवचन कार्यक्रमको आयोजना गरेको छ। केन्द्रले ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयक कार्यक्रम आयोजना गरेको हो।

यो कार्यक्रममा चारै जना वक्ता रहेका छन्। त्यस्तै, कार्यक्रममा एमाले नेत्री अष्टलक्ष्मी शाक्य, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी पनि सहभागी हुने आयोजकले जनाएको छ।

प्रकाशित मिति: ०८:४७ बजे, शुक्रबार, साउन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्