Kathmandu Press

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं, साउन ८ : आज प्रतिनिधिसभाको बैठक बस्न लागेको छ।संघीय संसद् सचिवालयका अनुसार आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको हो। यसअघि...
आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं, साउन ८ : आज प्रतिनिधिसभाको बैठक बस्न लागेको छ।

संघीय संसद् सचिवालयका अनुसार आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको हो। यसअघि साउन ३ गते प्रतिनिधिसभाको बैठक बसेको थियो।

त्यस दिनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएका थिए। त्यसपछि आज बैठक बस्न लागेको हो।

आजको बैठकमा यसअघि पेश भएका अध्यादेशमाथि छलफल हुने जनाइएको छ।

प्रकाशित मिति: ०७:५४ बजे, शुक्रबार, साउन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्