Kathmandu Press

काठमाडौंमा भूकम्पको धक्का महशुस

काठमाडौंमा भूकम्पको धक्का महशुस

काठमाडौं, साउन ८ : काठमाडौंमा आज बिहानै भूकम्पको धक्का महशुस गरिएको छ।

शुक्रबार बिहान ७ बजेर ६ मिनेटमा भूकम्पको धक्का आएको हो। भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्पको गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ।

केन्द्रका अनुसार उक्त भूकम्प ३.५ म्याग्नेच्युड मापन गरिएकाे छ। अहिलेसम्म क्षति भएकाे जानकारी नआएकाे प्रहरीले जनाएकाे छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले यसअघि असार २१ गते बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको जनाएको छ। त्यसपछि काठमाडौं आज भूकम्पको धक्का महशुस भएको हो।

 

प्रकाशित मिति: ०७:२४ बजे, शुक्रबार, साउन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्