Kathmandu Press

ओलम्पिक पुरुष फुटबल : जर्मनीमाथि ब्राजिलको सानदार जित, अर्जेन्टिना पहिलो खेलमै पराजित

ओलम्पिक पुरुष फुटबल : जर्मनीमाथि ब्राजिलको सानदार जित, अर्जेन्टिना पहिलो खेलमै पराजित

काठमाडौं, साउन ७ : टोकियो ओलम्पिकको पुरुष फुटबलमा ब्राजिलले सानदार सुरुआत गर्दा अर्जेन्टिना भने पराजित भएको छ । बिहीबार साँझ जापानमा भएको खेलमा रिचार्लिसनको ह्याट्रिक मद्दतमा ब्राजिलले जर्मनीलाई ४–२ले हराउँदौ अर्जेन्टिना अस्ट्रेलियासँग २–०ले पराजित भयो।

जर्मनीविरुद्ध ब्राजिललाईसानदार जित दिलाउन रिचार्लिसनको ह्याट्रिकसँगै पाउलिन्होले पनि गोल गरे । जर्मनीका लागि अमिरी नादेइम र अचे राग्नरले गोल गरे ।

ब्राजिलले खेलको ७औं मिनेटमै अग्रता लियो। रिचार्लिसनले गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाए । त्यसपछि २२औं र ३०औं मिनेटमा रिचार्लिसनले गोल गर्दै ओलम्पिकमा आफ्नो पहिलो ह्याट्रिक पुरा गरे भने टिमलाई ३–०को अग्रता दिलाए । ४५औ मिनेटमा प्राप्त पेनाल्टीमा चुन्हा म्याथुज गोल गर्न असफल रहे । उनको पेनाल्टी जर्मनीका किपरले बताए।

५४औं मिनेटमा अमिरीले गोल गर्दै जर्मनलाई खेलमा फर्काउने प्रयास गरे। त्यसपछि जर्मनीले खेलमा दबाब बनायो। ८४औं मिनेटमा राग्नरले गोल गरेपछि खेल ३–२को रोमाञ्चक अवस्थामा आयो। तर, इन्जुरी समयको चौथो मिनेटमा पाउलिन्होले डिबक्सबाट उतकृष्ट गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरे।

यसैगरी, अर्जेन्टिना ओलम्पिकको पुरुष फुटबलमा पहिलो खेलमै पराजित भएको छ। समूह सी अन्तर्गत बिहीबार साँझ भएको खेलमा अर्जेन्टिना अस्ट्रेलियासँग २–०ले पराजित भएको हो।

अर्जेन्टिनाविरुद्ध जित दिलाउन अस्ट्रेलियाका वाल्स लाचलन र टिलोओ मार्कोलो गोल गरेका थिए । अस्ट्रेलियाले दुवै हाफमा समान १ गोल गरेको थियो । खेलको १०औं मिनेटमा वाल्सको गोलमा अस्ट्रेलियाले अग्रता लिएको थियो । त्यसपछि ८०औं मिनेटमा टिलोओले गोल गर्दै अर्जेन्टिनाविरुद्ध अस्ट्रेलियालाई २–०को जित दिलाए।

यसैगरी अर्कौ खेलमा आयोजक जापन पनि विजयी भयो । उसले दक्षिण अफ्रिकामाथि १–०को जित निकाल्यो । उसका लागि टाकेफुसा कुवेले ७१औं मिनेटमा निर्णायक गोल गरे । यस्तै, रोमानियाले होन्डुसरमाथि १–०को जित निकालेको छ।

प्रकाशित मिति: २१:३३ बजे, बिहीबार, साउन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्