Kathmandu Press

प्रधानमन्त्री देउवा र जापानी राजदूत किकुटाबीच भेटवार्ता

काठमाडौं, साउन ७ : प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि जापानी राजदूत युटाका किकुटाबीच भेटवार्ता भएको छ ।राजदूत किकुटाले आज (बिहीबार) प्रधानमन्त्री निवास...
प्रधानमन्त्री देउवा र जापानी राजदूत किकुटाबीच भेटवार्ता

काठमाडौं, साउन ७ : प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि जापानी राजदूत युटाका किकुटाबीच भेटवार्ता भएको छ ।

राजदूत किकुटाले आज (बिहीबार) प्रधानमन्त्री निवास बालुवाटार पुगेरै देउवालाई भेट गरेका हुन्। भेटका अवसरमा राजदूत किकुटाले जापानले दिने १६ लाख डोज खोप चाँडै आउने जानकारी दिए।

राजदूत किकुटाले प्रधानमन्त्री देउवालाई मायाको चिनो पनि प्रदान गरे। जापानले नेपाललाई कोभ्याक्स कार्यक्रममार्फत कोरोनाविरुद्धको अस्ट्राजेनेका खोप १६ लाख डोज दिने घोषणा गरिसकेको छ।

प्रकाशित मिति: १८:०३ बजे, बिहीबार, साउन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्