Kathmandu Press

जसपा आधिकारिकता विवाद निरुपणका लागि बहस सकियो, फैसलाको प्रतीक्षा

काठमाडौं, साउन ७ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुई पक्षबीच लामो समयदेखि विवाद छ। पार्टीभित्रैबाट विवादले निकास नपाउने अवस्था...
जसपा आधिकारिकता विवाद निरुपणका लागि बहस सकियो, फैसलाको प्रतीक्षा

काठमाडौं, साउन ७ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुई पक्षबीच लामो समयदेखि विवाद छ। 

पार्टीभित्रैबाट विवादले निकास नपाउने अवस्था सिर्जना भएपछि दुवै पक्षले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगलाई गुहारेका थिए। 

Hardik ivf

आधिकारिकतासम्बन्धी उक्त विवादबारे निर्वाचन आयोगमा आज (बिहीबार) दुवै पक्षको दाबी बहस सकिएको छ। ठाकुर पक्षबाट आठ र यादव पक्षबाट ६ जनाले उक्त मुद्दामा बहस गरे।

आयोगले जसपा आधिकारिकता विवाद निरुपणका लागि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको अध्यक्षतामा आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशमशेर जबरा सदस्य रहनेगरी इजलास गठन गरेको थियो।

उक्त इजलासले गत आइतबार पहिलो चरणको बहस गरी दुवै पक्षलाई आआफ्नो सक्कल प्रमाणसहित आवश्यक कागजात बुझाउन आदेश दिएको थियो। दुवै पक्षले बémाएका प्रमाणकै आधारमा आजको बहस भएको छ। दुवै पक्ष आयोगबाट फैसलाका लागि प्रतीक्षारत छन्।

प्रकाशित मिति: १७:५५ बजे, बिहीबार, साउन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्