Kathmandu Press

विषादी परीक्षण गर्न एक वर्ष लाग्नसक्छ : कृषिमन्त्री खनाल

काठमाडौं, असार २२ : भारतलगायत तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूलमा प्रयोग गरिएको विषादी परीक्षण गर्ने कार्य पुनः सञ्चालन गर्न कम्तिमा एक वर्ष ....

विषादी परीक्षण गर्न एक वर्ष लाग्नसक्छ : कृषिमन्त्री खनाल

काठमाडौं, असार २२ : भारतलगायत तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूलमा प्रयोग गरिएको विषादी परीक्षण गर्ने कार्य पुनः सञ्चालन गर्न कम्तिमा एक वर्ष लाग्ने कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले बताएका छन्।

राष्ट्रियसभाको आजको बैठकमा बोल्दै मन्त्री खनालले भारतबाट आयात हुने तरकारीको जाँच गर्ने सरकारको निर्णय कार्यान्वयका लागि आफूले खाद्य, पशु र प्लान क्वारेन्टाइनअन्र्तगतका १४ वटा क्यारेन्टाइन थप निर्माण गर्नुको साथै तीन सय १२ जना कर्मचारी थपेर व्यवस्थित बनाउने काम गरेको बताए।

प्रदेश १ को बिर्तामोड, प्रदेश २ को सर्लाही, प्रदेश ३ को कालीमाटी, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल र सुदूरपश्चिम प्रदेशमा दुइटा विषादी परीक्षण केन्द्र रहेको उनले बताए। तर, अहिले भने काम रोकिएको उनको भनाइ थियो।

केन्द्रीय प्रयोगशालाले २९ वटा विषादीका समूहको परीक्षण गर्ने भए पनि बाँकीमा दुइटा प्यारामिटर मात्रै चेक हँुदै आएको मन्त्री खनालले बताए।

वाणिज्य र कृषि मन्त्रालयसँग सम्बन्धित कतिपय विषयमा एउटाले गरेको निर्णय अर्को मन्त्रालयले कार्यान्वयन गर्नुपर्ने अवस्था रहेकाले तत्कालका लागि पूर्वाधार नभएको उनको भनाइ थियो।

‘बाणिज्य र कृषिका अलग अलग निर्णय हुने, तर ती सम्बन्धित छन्। मूल्य निर्धारण हामी गर्छौं, तर क्याबिनेटमा बाणिज्यबाट जान्छ। निकासी पैठारी ऐनअन्र्तगत निर्णय हुन्छ, तर कार्यान्वयन कृषि मन्त्रालयले गर्नुपर्छ,’ मन्त्री खनालले भने, ‘त्यसो गर्दा बाणिज्यबाट यो प्रस्ताव गयो । प्रस्ताव पारित भयो।’

राजपत्रमा सूचना प्रकाशित भएपछि मन्त्रालयले विषादी परीक्षण गर्न थालेको बताए। तर, अहिले वाणिज्य मन्त्रालयले लगेको पूर्वाधार नभएकाले सकिन्न भन्ने प्रस्ताव पास भएपछि विषादी परीक्षण रोकिएको उनको भनाइ थियो।

प्रकाशित मिति: १३:४९ बजे, आइतबार, असार २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्