Kathmandu Press

भड्किएका सबैलाई आममाफी दिन्छु : ओली 

काठमाडौं, साउन ७ : एमाले वरिष्ठ नेता माधवकुमार नेपालमाथि आक्रमक देखिँदै आएका पार्टी अध्यक्ष केपी ओलीले उनीसहित उनको समूहलाई आममाफी दिने बताएका छन्।पुष्पलाल स्मृति...
भड्किएका सबैलाई आममाफी दिन्छु : ओली 

काठमाडौं, साउन ७ : एमाले वरिष्ठ नेता माधवकुमार नेपालमाथि आक्रमक देखिँदै आएका पार्टी अध्यक्ष केपी ओलीले उनीसहित उनको समूहलाई आममाफी दिने बताएका छन्।

पुष्पलाल स्मृति दिवसका अवसरमा आज (बिहीबार) ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल समूहलाई लक्षित गर्दै बाटो बिराएका, भड्किएका सबैलाई आममाफी दिने बताएका हुन्। 

‘बाटो बिराएका, भड्किएका साथीहरुलाई यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेस्टी इज ग्रान्टेड,’ उनले भने।

उनले आन्दोलनलाई सफल पार्न पनि सबैलाई एकजुट भएर अघि बढ्न, मिलेर काम गर्न आग्रह गरे।

करिब एक घन्टाजति बोलेका ओलीले एमालेलाई कसैले रोक्नछेक्न नसक्ने उद्घोष गरे । ‘पद र स्वार्थका कुरा छाडौं, देश र जनताका समस्याका कुरा गरौं, हाम्रो विजय यात्रालाई कसैले पनि रोक्न सक्दैन।’

कम्युनिस्ट पार्टी र आन्दोलनले ठूलो क्षति बेहोर्नुपरेको स्थितिप्रति चिन्ता व्यक्त गर्दै उनले भने, ‘तैपनि भन्न चाहन्छु फेरि एकजुट भएर अगाडि बढौं।’

प्रकाशित मिति: १७:०९ बजे, बिहीबार, साउन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्