Kathmandu Press

स्वास्थ्य मापदण्ड उल्लंघनले कोरोना संक्रमण दर बढ्यो : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मापदण्ड उल्लंघनले कोरोना संक्रमण दर बढ्यो : स्वास्थ्य मन्त्रालय

काठमाडौं, साउन ७ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो एक सातायता कोरोना संक्रमण दर बढेको बताएको छ। 

निषेधाज्ञा खुकुलो भएपछि लुकीछिपी वा खुलमखुला जनस्वास्थ्यको मापदण्ड उल्लंघन भइरहेले कोरोना संक्रमण जति घट्नुपर्ने हो त्यति घट्न नसकेको मन्त्रालयको भनाइ छ।

संक्रमण फैलन नदिन सरोकारवाला सबैले हातेमालो गरी अघि बढ्नुपर्ने आवश्यकता मन्त्रालयले औंल्याएको छ र सबैलाई आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न अपिल पनि गरेको छ।

‘यो महामारीमा भाइरसविरुद्धको युद्ध कुनै व्यक्ति निकायको एक्लैको युद्ध होइन,’ मन्त्रालयले आज (बिहीबार) विज्ञप्ति जारी गरेर भनेको छ। 

अहिले पनि मोर, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, पन्देही र कैलाली गरी १० जिल्लामा अझै ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ल २६ वटा रहेको बताउँदै मन्त्रालयले स्वास्थ्य मन्त्रालयले संक्रमणको जोखिम अझै बढिरहेको उल्लेख गरेको छ। 

मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीद्वार जारी विज्ञप्तिमा खोप केन्द्रहरुमा हुने भिडले पनि संक्रमणको जोखिम बढाएकाले खोप लगाउन जाँदा आफ्नो पालोमा लगाउन र जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरिएको छ।

‘संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्नेतर्फ मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थाहरुको अक्सिजन, शय्यालगायतका पूर्वाधारहरु तथा सेवाहरु चुस्त दुरुस्त राख्न समेत मन्त्रालयले अनुरोध गरेको छ।

प्रकाशित मिति: १५:५५ बजे, बिहीबार, साउन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्