Kathmandu Press

ओली समूहद्वारा आयोजित उर्लाबारी नगरस्तरीय बैठकमा तोडफोड

विराटनगर, साउन ७ : एमाले अध्यक्ष केपी ओली समूहद्वारा मोरङको उर्लाबारी-८ स्थित  एभरेष्ट फनपार्कमा बैठकका लागि तयार पारिएको हलमा अज्ञात समूहले तोडफोड गरेको...
ओली समूहद्वारा आयोजित उर्लाबारी नगरस्तरीय बैठकमा तोडफोड

विराटनगर, साउन ७ : एमाले अध्यक्ष केपी ओली समूहद्वारा मोरङको उर्लाबारी-८ स्थित  एभरेष्ट फनपार्कमा बैठकका लागि तयार पारिएको हलमा अज्ञात समूहले तोडफोड गरेको छ। बिहान ११ बजेतिर बैठक हलमा पसेका केही व्यक्तिले तोडफोड गरेको बताइएको छ।

आज (बिहीबार) मध्याह्न १२ बजे नगरस्तरीय विस्तारित बैठक सुरु गर्ने गरी हल तयार पारिएको थियो। बैठक हलमा राखिएका कुर्सी तोडफोड भएको र कसले तोडफोड गर्यो भन्ने विषयमा केही थाहा हुन नसकेको ओली समूहका नगरस्तरीय एक नेताले जानकारी दिए। 

एमालेमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल समूहबीच केही समयदेखि चल्दै आएको विवादको असर नगरस्तरीय बैठक हलसम्म पुुगेको अनुमान गरिएको छ।

ओली समूहले नेपाल समूहले तोडफोड गरेको हुन सक्ने आशंका गरेको छ। तर माधव समूहले ओली समूहभित्र पद बाँडफाँटलाई लिएर विवाद हुँदै आएको र सोही समूहभित्रको अर्को असन्तुष्ट समूहले तोडफोड गरेको जानकारी दिएको छ।

तोडफोडको घटनाबारे पार्टीभित्र छानबिन भइरहेको जनाइएको छ। ओली समूहले नगर कमिटी घोषणा र सदस्यता नवीकरणका लागि भन्दै विस्तारित बैठक डाकेको र बैठक सुरु हुनुअगावै बैठकस्थलमा राखिएका कुर्सी तोडफोड भएको जनाइएको छ।

प्रकाशित मिति: १४:०९ बजे, बिहीबार, साउन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्