Kathmandu Press

एमाले कसरी अघि बढ्छ भनेर हेरिरहेको छुु : नेपाल

काठमाडौं, साउन ७ : एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलन सही दिशामा लाने बलियो क्रान्तिकारी पार्टी बनाउन चाहेको बताएका छन्।पुष्पलाल स्मृति दिवसका...
एमाले कसरी अघि बढ्छ भनेर हेरिरहेको छुु : नेपाल

काठमाडौं, साउन ७ : एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलन सही दिशामा लाने बलियो क्रान्तिकारी पार्टी बनाउन चाहेको बताएका छन्।

पुष्पलाल स्मृति दिवसका अवसरमा आज (बिहीबार) काठमाडौंको चम्पादेवीमा आयोजित कार्यक्रममा उनले क्रान्तिकारी पार्टी बनेर एमाले अघि बढोस् भन्ने आफूले चाहेको स्पष्ट पारे।

यतिखेर एमाले कसरी अघि बढ्छ भनेर आफूले पर्खेर हेरिरहेको उनको भनाइ थियो। आफूले पनि ठूलो योगदान गरेको पार्टी एमाले अगाडि बढ्ने, सुध्रिने, रुपान्तरित हुनेमा आफू विश्वस्त रहेको र आफूले समेत बनाएको घरबाट निस्कन नचाहेको उनले बताए।

तर अपमान सहेर चाहिँ कोही पनि बसिरहन नसक्ने भन्दै उनले सम्मानजनक व्यवहार हुन छाडे अर्को कम्युनिस्ट पार्टी खोल्न सक्ने संकेतसमेत गरे।

उनले एमाले अध्यक्ष केपी ओलतिर्फ संकेत गर्दै भने, ‘अरुको अपमान गर्ने मान्छेले समाजको पनि अपमान गर्छ, त्यस्तालाई कुसन्तान भनिन्छ, त्यस्तालाई निरुत्साहित गर्दै लानुपर्छ।’

गलत कुरालाई स्वीकार गरेर शिर निहुर्‍याएर बस्नु दास प्रवृत्ति भएको स्पष्ट पार्दै नेता नेपालले सबैको मर्यादा राख्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १३:४४ बजे, बिहीबार, साउन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्