Kathmandu Press

एनसेल लाभकर विवादको अन्तिम सुनुवाइ सर्वोच्चमा हुँदै, कति तिर्नुपर्ला लाभकर?

काठमाडौं, असार २२ : एनसेलको लाभकर विवाद सम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। यसको सर्वोच्च अदालतका पाँच न्यायाधीशको पूर्ण इजला....

एनसेल लाभकर विवादको अन्तिम सुनुवाइ सर्वोच्चमा हुँदै, कति तिर्नुपर्ला लाभकर?

काठमाडौं, असार २२ : एनसेलको लाभकर विवाद सम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। यसको सर्वोच्च अदालतका पाँच न्यायाधीशको पूर्ण इजलाशमा सुनुवाइ हुँदैछ।

गत वैशाख ९ गते एनसेलले ठूला करदाता कार्यालयले निर्धारण गरेको करको विषयमा असन्तुष्टी जनाउँदै मुद्दा दायर गरेको थियो। त्यसयता पूर्ण इजलासमा बहस हुँदै आएको भएपनि मुद्दा किनारा लागेको छैन।

सर्वोच्चको अघिल्लो फैसलापछि ठूला करदाता कार्यालयले एनसेलसँग ३९ अर्ब ६ करोड रुपैयाँ तिर्नुपर्ने  कर निर्धारण गरेको थियो। एनसेलले भने १४ अर्बभन्दा बढी तिर्नु नपर्ने भन्दै कार्यालयविरुद्ध मुद्दा दायर गरेको हो।

यस मुद्दामा अल्पकालिन अन्तरिम आदेश दिँदै तत्काल कर नलिन सर्वोच्चले आदेश दिएको थियो। त्यसले गर्दा एनसेलबाट कर लिने प्रक्रिया लम्बिदैै आएको छ।

सर्वोच्चका न्यायाधीश तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र डा.मनोजकुमार शर्माको पूर्ण इजलासमा पटकपटक बहस हुँदै आएको छ।

प्रकाशित मिति: १२:३८ बजे, आइतबार, असार २२, २०७६