Kathmandu Press

चितवनमा गोली लागेर युवकको मृत्यु

चितवन, साउन ७  ः चितवनको शारदानगरस्थित घोलमा एक पुरूष मृत फेला परेका छन् । भरतपुर–१७ सिमलडाँडामा बस्तीदेखि केही पर कालोपत्रे सडक नजिकै रहेको...
चितवनमा गोली लागेर युवकको मृत्यु

चितवन, साउन ७  ः भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा एक युवक मृतावस्थामा फेला परेका छन् । उनको टाउकोमा गोली लागेको र नजिकै खोकासमेत भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार अन्दाजी ३० वर्षका युवक मृतावस्थामा फेला परेका हुन्। उनको टाउकामा गोली लागेको जस्तो घाउ देखिएको छ। नजिकै गोलीको एउटा खोका पनि भेटिएको उनले जानकारी दिए।

बिहान अबेर मात्र घटनाका विषयमा जानकारी प्राप्त भएको जनाउँदै उनले मृत पुरुषको सनाखत भई नसकेको बताए। सो क्षेत्रमा प्रहरीले शव निकालेर घटनाको अध्ययन थालेको बताइएको छ।
 

प्रकाशित मिति: ११:१५ बजे, बिहीबार, साउन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्