आज चीनबाट आठ लाख डोज खोप आउँदै
काठमाडौं, साउन ७ : चीनबाट आज कोरोना भाइरसविरुद्धको आठ लाख डोज खोप आउन लागेको छ।बुधबार बेइजिङ गएको नेपाल एयरलाइन्सको जहाज आज खोप लिएर...
काठमाडौं, साउन ७ : चीनबाट आज कोरोना भाइरसविरुद्धको आठ लाख डोज खोप आउन लागेको छ।
बुधबार बेइजिङ गएको नेपाल एयरलाइन्सको जहाज आज खोप लिएर फर्किन लागेको हो। दिउसो खोप लिएर वाइडबडी जहाज काठमाडौं अवतरण गर्ने नेपाल वायु सेवा निगमले जनाएको छ।
यसअघि असार २५ गते पनि नेपाल एयरलाइन्सको जहाजले आठ लाख डोज खोप लिएको थियो। त्यो खोप लगाउन थालिएको छ।
आजै फेरि खोप ल्याउन जहाज बेइजिङ जाने कार्यतालिका रहेको छ। यससँगै साउन ९ गते चौथो खेपका लागि एयरलाइन्सको जहाज चीन जानेछ।
अबको तीन दिनभित्र २५ लाख खोप आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। चीनबाट भेरोसेल खोप खरीद गरेर ल्याउन लागिएको हो।
यसअघि चीनले १८ लाख खोप अनुदानमा दिएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटामा चिनियाँ राजदूरत होउ यान्छीले थप १६ लाख खोप अनुदानमा दिन लागेको बताएकी थिइन्।
प्रकाशित मिति: ०७:५६ बजे, बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











