Kathmandu Press

आज पनि बस्दै नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक

काठमाडौं, साउन ७ : नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्न लागेको छ।ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मति प्रतिष्ठानको सभाकक्षमा आज अपराह्न ३...
आज पनि बस्दै नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक

काठमाडौं, साउन ७ : नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्न लागेको छ।

ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मति प्रतिष्ठानको सभाकक्षमा आज अपराह्न ३ बजे केन्द्रीय कमिटी बैठक बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। साउन ४ गतेदेखि एमाले केन्द्रीय कमिटी बैठक जारी रहेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन २२ जना सांसदलाई एमालेले स्पष्टीकरण सोधेको छ। उनीहरुलाई बुधबार २४ घण्टे स्पष्टीकरण सोधेको हो।

आजको बैठकमा त्यससम्बन्धी निर्णय हुनेसक्ने जनाइएको छ। उनीहरुलाई कारबाही गर्न सकिने एमालेका एक केन्द्रीय सदस्यले बताए।

बुधबारको बैठकले चारवटा विशेष प्रस्ताव पारित गरेको थियो। जसमा सर्वोच्च अदालतको फैसलाले पार्टी स्वतन्त्रता र दलीय प्रणालीमाथि प्रहार भएको निष्कर्ष निकालेको थियो।

एमाले केन्द्रीय कमिटी बैठकले सर्वोच्चको फैसला संविधान र जन चाहनाविपरीत भएको निष्कर्ष निकाल्दै जनतामाझ जाने प्रस्ताव पनि पारित गरेको थियो।

त्यस्तै, केपी शर्मा ओली नेतृत्वको सरकारले घेराबन्दीबीच पनि ऐतिहासिक काम गरेको एमालेको निष्कर्ष थियो।

प्रकाशित मिति: ०७:१७ बजे, बिहीबार, साउन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्