Kathmandu Press

खोलामा नुहाउने क्रममा डुबेर तीन युवकको मृत्यु

नेपालगन्ज, साउन ७ : बाँकेको कोहलपुरस्थित डुडुवा खोलामा डुबेर तीन युवकको मृत्यु भएको छ भने दुई जनाको उद्धार गरिएको छ।कोहलपुर नगरपालिका १० स्थित...
खोलामा नुहाउने क्रममा डुबेर तीन युवकको मृत्यु

नेपालगन्ज, साउन ७ : बाँकेको कोहलपुरस्थित डुडुवा खोलामा डुबेर तीन युवकको मृत्यु भएको छ भने दुई जनाको उद्धार गरिएको छ।

कोहलपुर नगरपालिका १० स्थित डुडुवा खोलामा नुहाउन गएका नेपालगञ्ज उपमहानगरपालिका ११ पाँच जना डुबेका थिए। उनीहरुमध्ये तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा नेपालगञ्ज ११ का १८ वर्षीय रसिद जसगढ, १८ वर्षीय अरमान जसगढ र १७ वर्षीय आरिभ जसगढ रहेका छन्। उनीहरुसँगै रहेका ईरफान जसगढ र अहमन जसगढलाई प्रहरीले उद्धार गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी रविन्द्र खनालले बताए।

पौडी खेल्ने क्रममा युवा डुबेको खबर पाउने वितिक्कै प्रहरीको टोली घटनास्थल पुगेको थियो। उद्धार गर्दासम्म तीन जनाको ज्यान गइसकेको प्रहरीले जनाएको छ।

उद्धार गरिएका दुई जनाको अवस्था सामान्य रहेको छ।

 

प्रकाशित मिति: ०६:२९ बजे, बिहीबार, साउन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्