Kathmandu Press

मार्टा र फोर्मिगाले कीर्तिमान बनाउँदा ओलम्पिकमा ब्राजिल विजयी

काठमाडाैं, साउन ६ः स्टार स्ट्राइकरले मार्टाले कीर्तिमानी गोल गरेपछि टोकियो ओलम्पिकको महिला फुटबलमा ब्राजिलले विजयी सुरुआत गरेको छ। जापानको टोकियोमा बुधबारबाट सुरु भएको...
मार्टा र फोर्मिगाले कीर्तिमान बनाउँदा ओलम्पिकमा ब्राजिल विजयी

काठमाडाैं, साउन ६ः स्टार स्ट्राइकरले मार्टाले कीर्तिमानी गोल गरेपछि टोकियो ओलम्पिकको महिला फुटबलमा ब्राजिलले विजयी सुरुआत गरेको छ। जापानको टोकियोमा बुधबारबाट सुरु भएको महिला फुटबलमा मार्टाले दुई गोल गरेपछि ब्राजिलले चीनमाथि ५–०को जित निल्कायो।

चीनविरुद्ध ब्राजिललाई जित दिलाउन मार्टाका अलावा आन्द्रेसा अल्भेस, ब्रेटिज र डेविन्हाले गोल गरे । ब्राजिलले पहिलो हाफमा २ र दोस्रो हाफमा तीन गोल गरेको थियो।

Hardik ivf

चीनविरुद्ध गोल गरेसँगै मार्टाले ओलम्पिकका ५ संस्करणमा गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाइन्। बुधबार २ गोल गरेकी मार्टाले ओलम्पिकमा आफ्नो गोल संख्या १२ पु¥याएकी छिन्। मार्टाले सन् २००४मा ओलम्पिकमा डेब्यू गरेकी थिइन्। उनले २००४ देखि २००६ सम्म खेल्दा १४ गोल गरेकी थिइन्।

यस्तै, मिडफिल्डर फोर्मिगाले पनि ओलम्पिकमा २ कीर्तिमान बनाइन् । ४३ वर्षीया फोर्मिगा ओलम्पिक खेल्ने सबैभन्दा पाकी खेलाडी बनिन् भने लागतार ७ ओलम्पिक खेल्ने पहिलो खेलाडी पनि बनिन् । उनले सन् १९९६ देखि लगातार ओलम्पिक खेल्दै आएकी छन्।

यसैगरी ओलम्पिक महिला फुटबलकै अन्य खेलमा अमेरिका स्वीडेनसँग ३–०ले पराजित भएको छ। यो पराजयसँगै विश्वविजेता अमेरिकाको ४४ खेल लामो अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ। अन्य खेलमा इंंग्ल्यान्डले चिलीलाई २–०ले हराउँदा अस्ट्रेलियाले न्युजिल्यान्डलाई २–१ले हरायो । यस्तै, नेदरल्यान्ड्सले जाम्बियामाथि १०–३को फराकिलो जित निकाल्दा आयोजक जापानले बलियो क्यानडालाई १–१ गोलको बराबरीमा रोकेको छ।

 

 

प्रकाशित मिति: २१:२० बजे, बुधबार, साउन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्