Kathmandu Press

नेकपा एमाले बरिष्ठ नेता नेपाल र उपाध्यक्ष डा. भीम रावल बीच छलफल सम्पन्न 

नेकपा एमाले बरिष्ठ नेता नेपाल र उपाध्यक्ष डा. भीम रावल बीच छलफल सम्पन्न 

काठमाडौं, साउन ७ : नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष डा. भीम रावल बीच भएको छलफल सकिएको छ ।

रावल निवास टोखामा भएको दुई नेताबीचको छलफल केहीबेर अघि सकिएको स्रोतले जनाएको छ । बैठकमा नेताद्वयबीच प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भ रावलले दिएको राजीनामा र पार्टीभित्रको समस्याका बारेमा छलफल भएको बुझिएको छ ।

रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा  नेपाल पक्षमा मतभेद हुँदा आइतबार प्रतिनिधिसभा पदबाट राजीनामा दिएपछि सोही बिषयमा छलफल गर्न नेपाल रावल भेट्न टोखा पुगेका हुन् । 
 

प्रकाशित मिति: २०:३४ बजे, बुधबार, साउन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्