एसइई पूरक परीक्षा भदौ १ गतेदेखि संचालन हुने
काठमाडौं, असार २२ : एसइई पूरक परीक्षा एक साता सारिएको छ। साउन २६ देखि हुने तय भएको पूरक परीक्षा भदौ १ गतेदेखि संचालन हुने भएको छ।
राष्ट्रिय ....
काठमाडौं, असार २२ : एसइई पूरक परीक्षा एक साता सारिएको छ। साउन २६ देखि हुने तय भएको पूरक परीक्षा भदौ १ गतेदेखि संचालन हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले एसइई पूरक परीक्षाको तालिका संशोधन गरेको हो। बोर्डका अनुसार, अब भदौ १ गतेदेखि पूरक परीक्षा हुनेछ। यसअघि साउन २६ गतेदेखि गर्ने परीक्षा तालिका सार्वजनिक गरेको थियो।
पूकर परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन बोर्डले जनाएको छ। बढीमा दुई विषयमा ‘सी’ वा ‘सी’भन्दा कम ग्रेड भएका नियमिततर्फका विद्यार्थीले पूरक परीक्षा दिन पाउनेछन्।
त्यस्तै, दुई विषयमा अनुपस्थित भएका विद्याथीले पनि पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ।
नयाँ तालिका अनुसार, भदौ १ गते अनिवार्य अंग्रेजी, अनिवार्य नेपाली र अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुनेछ।
त्यस्तै, भदौ २ गते गैह्र नेपाली विद्यार्थीहरुका लागि अंग्रेजी, भदौ ३ गते अनिवार्य गणित, भदौ ४ गते अनिवार्य विज्ञान, भदौ ५ गते प्राविधिकतर्फ फार्म म्यानेजमेन्ट एन्ड मार्केटिङ, इन्जिनियरिङ ड्रइङ, कम्प्युटर रिपेयर एन्ड मेन्टेनेन्स र बेसिक म्युजिक विषयको परीक्षा हुनेछ।
यसैगरी, भदौ ६ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, अनिवार्य संस्कृत भाषा, प्राविधिकतर्फ अक्वाकल्चर एन्ड फिसरिज, इलेक्ट्रिकल मेजरमेन्ट एन्ड इन्स्ट्रुमेन्ट, कम्प्युटर नेटवर्क, इन्जिनियरिङ सर्भे र म्युजिक अफ नेपालको परीक्षा हुनेछ।
नयाँ तालिका अनुसार, भदौ ७ गते ऐच्छिक प्रथमका सबै विषयहरू र प्राविधिकतर्फ ऐच्छिक गणित, भदौ ८ गतेदेखि ११ गतेसम्म प्राविधिकतर्फका अन्य विषयहरुको परीक्षा निर्धारण गरिएको बोर्डले जनाएको छ। शनिबारका दिन पनि परीक्षा हुनेछन्।
यस्तो छ नयाँ परीक्षा तालिका






