ट्रान्सफर्मर मर्मत गर्दा विद्युत कर्मचारीको मृत्यु
दमक, असार २२ : ट्रान्सफर्मर मर्मत गर्दा विद्युत् चुहिएर गए राति एक जना विद्युत कर्मचारकिो मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
ट....
दमक, असार २२ : ट्रान्सफर्मर मर्मत गर्दा विद्युत् चुहिएर गए राति एक जना विद्युत कर्मचारकिो मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
ट्रान्सफर्मर मर्मत गर्दा विद्युत चुहिएर नेपाल विद्युत् प्राधिकरण दमक वितरण केन्द्रका प्राविधिक५५ वर्षीय प्रेम खतिवडाको मृत्यु भएको हो। उनी झापाकै कमल गाउँपालिका–३ का बासिन्दा हुन।
उनीसँगै काम गरिरहेका ४९ वर्षीय हिक्मत बुढा गम्भीर घाइते भएका छन्। उनी मुगुका बासिन्दा हुन्।
गए राति ८ बजेतिर कमल गाउँपालिका–५ स्थित कावेली करिडोर पावरहाउसको सबस्टेसन अगाडि राजमार्गको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा अचानक विद्युत् चुहिँएको जनाएको छ।
विद्युत चुहिँएर घाइते भएका दुवैलाई तत्काल दमकस्थित लाइफलाइन अस्पतालमा ल्याइएको थियो। प्रेमको उपचार गर्न नपाउदै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताए।
घाइते हिक्मतलाई थप उपचारका लागि भारतको सिलगुढी लगिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






