रावललाई फकाउन उनकै निवासमा पुगे नेता नेपाल
काठमाडौं, साउन ६ : एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी उपाध्यक्ष भीम रावललाई भेटेका छन्। रावललाई भेट्न टोखास्थित उनकै निजी निवासमा नेता नेपाल पुगेका थिए।आज...
काठमाडौं, साउन ६ : एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी उपाध्यक्ष भीम रावललाई भेटेका छन्। रावललाई भेट्न टोखास्थित उनकै निजी निवासमा नेता नेपाल पुगेका थिए।
आज (बुधबार) नेता नेपालले आफ्नो समूहको स्थायी समिति बैठक राखेका थिए। सो बैठकमा रावल उपस्थित भएनन्। पार्टी अध्यक्ष ओलीसँगको द्वन्द्वमा आफूलाई दह्रो साथ दिएका रावलले बैठकमा सहभागिता जनाउन छाडेपछि उनलाई फकाउने नेपाल रावल निवासमै पुगेको स्रोतको भनाइ छ।
एमालेको आन्तरिक विवाद समाधानार्थ गठित कार्यदलमा नेपाल समूहबाट संयोजक रहेका रावलले १० बुँदे सहमतिका लागि प्रशस्त मिहिनेत गरेका थिए। तर उक्त सहमतिबाट नेता नेपाल विमुख भइदिए।
पुनःस्थापित प्रतिनिधिसभाको साउन ३ गते बसेको प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने कि नदिने भन्ने सन्दर्भमा नेपाल समूहभित्र मतभेद देखियो।
जसका कारण रावलले सांसद पदबाट राजीनामा बुझाएका छन्। यद्यपि उनको राजीनामा स्वीकृत भने भइसकेको छैन।











