Kathmandu Press

प्रधानमन्त्री देउवा र विप्लवबीच भेटवार्ता

काठमाडौं, साउन ६ : प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा...
प्रधानमन्त्री देउवा र विप्लवबीच भेटवार्ता

काठमाडौं, साउन ६ : प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता जारी छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा गृहमन्त्री बालकृष्ण खाँण र नेकपाका नेताहरु खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोला पनि सहभागी छन्।

केपी ओली नेतृत्वको अघिल्लो सरकारसँग भएको तीन बुँदे सहमतिपछि शान्तिप्रक्रियामा आएको नेकपा सोही सहमतिको कार्यान्वयनबारे प्रधानमन्त्री देउवासँग छलफल चलिरहेको जनाइएको छ।

अघिल्लो सरकारसँग सहमति भइसक्दा पनि आफ्ना नेता कार्यकर्ता जेलमै रहेको भन्दै विप्लवले असन्तष्ट रहँदै आएका छन्।

विप्लवले पछिल्लो समय विभिनन दलका नेताहसँगको भेटवार्तालाई तीव्र बनाएका छन्।

उनले  एमाले अध्यक्ष ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायतलाई भेटिसकेको छन्।

प्रकाशित मिति: १७:२५ बजे, बुधबार, साउन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्