माओवादी केन्द्रले बोलायो साउन २० का लागि केन्द्रीय कमिटी बैठक
काठमाडौं, साउन ६ : माओवादी केन्द्रको समिति बैठक साउन २० गते बिहान ११ बजेका लागि बोलाइएको छ।आज (बुधबार) बसेको पार्टीको स्थायी कमिटी बैठकले केन्द्रीय...
काठमाडौं, साउन ६ : माओवादी केन्द्रको समिति बैठक साउन २० गते बिहान ११ बजेका लागि बोलाइएको छ।
आज (बुधबार) बसेको पार्टीको स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको उक्त पार्टीका प्रवक्ता नारयणकाजी श्रेष्ठले बताए।
केन्द्रीय समिति बैठकका लागि एजेन्डा तय गर्न साउन १७ गते स्थायी कमिटी बैठक बोलाइएको उनले जानकारी दिए।
आजको बैठकमा सरकार विस्तार र माओवादी केन्द्रबाट मन्त्री थप्ने विषयमा गठबन्धनका शक्तिहरुसँग छलफल गर्ने निर्णय गरिएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए।
गठबन्धन सरकारलाई न्यूनतम साझा कार्यक्रम वा साझा प्रतिबद्धतामार्फत अगाडि बढाउनुपर्ने भएकाले चाँडोभन्दा चाँडो गठबन्धनमा सम्मिलित दलहरुका प्राथमिकताका कार्यक्रमहरु, प्रतिबद्धताहरु तुरुन्तै तय गर्न पार्टीले आह्वान गरेको पनि उनले बताए।
प्रकाशित मिति: १७:१२ बजे, बुधबार, साउन ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











