Kathmandu Press

थप २८३८ जनामा कोरोना संक्रमण पुष्टि, ३० को मृत्यु

८७१५ पीसीआर परीक्षणमा १९१८ र ३९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २८३८ जना संक्रमित थपिएका हुन् ।
थप २८३८ जनामा कोरोना संक्रमण पुष्टि, ३० को मृत्यु

काठमाडौं, साउन ६ : पछिल्लो २४ घण्टामा २८३८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।  

८७१५ पीसीआर परीक्षणमा १९१८ र ३९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २८३८ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

पछिल्लो २४ घण्टामा कोरोना १४७५ जना संक्रमणमुक्त भएका छन् । यस्तै  कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भएको छ।
 

प्रकाशित मिति: १६:४५ बजे, बुधबार, साउन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्