Kathmandu Press

देउवालाई विश्वासको मत दिने २२ सांसदलाई ओलीले सोधे २४ घन्टे स्पष्टीकरण

काठमाडौं, साउन ६ : एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोधेको छ।सोमबार बसेको केन्द्रीय कमिटी बैठकले...
देउवालाई विश्वासको मत दिने २२ सांसदलाई ओलीले सोधे २४ घन्टे स्पष्टीकरण

काठमाडौं, साउन ६ : एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोधेको छ।

सोमबार बसेको केन्द्रीय कमिटी बैठकले उनीहरूलाई २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। सो निर्णयको भोलिपल्टको मिति अर्थात् साउन ५ गतेको मिति राखेर आज बुधबार (साउन ६ गते) मात्र पत्र पठाइएको छ।

स्पष्टीकरण पत्रमा पार्टीविरुद्ध विभिन्न भेला आयोजना गरेको, गुटगत गतिविधि सञ्चालन गरेको र पार्टीको निर्णयविरुद्ध विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण कार्य गरेको आरोप लगाइएको छ। 

२४ घन्टाभित्र जवाफ दिनू भनिएको स्पष्टीकरणपत्रमा साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट किन निष्कासन नगर्ने भन्दै निष्कासन नगर्नुपर्ने कारण भए उल्लेख गर्न पनि भनिएको छ।

आज (बुधबार) एमाले केन्द्रीय कमिटी बैठक बसिरहेको छ। यसअघि सोमबार र मंगलबार पनि केन्द्रीय कमिटी बैठक बसेको थियो।

हेर्नुहोस् स्पष्टीकरणपत्र 

प्रकाशित मिति: १६:२८ बजे, बुधबार, साउन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्