Kathmandu Press

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं, असार २२ : राष्ट्रिय जागरण अभियानको समीक्षा गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको छ।

कांग....

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
फाइल फोटो

काठमाडौं, असार २२ : राष्ट्रिय जागरण अभियानको समीक्षा गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको छ।

कांग्रेसको आन्तरिक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बैठक बस्न लागेको जनाएको छ।

आज दिउसो २ बजे कांग्रेस पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा राष्ट्रिय जागरण अभियानको समीक्षा गरिने जनाएको छ। पहिलो चरणको अभियानको विषयमा समीक्षा हुने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

केन्द्रीय कार्यसमिति बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नियमावलीका विषयमा पनि छलफल हुने जनाएको छ। यससँगै भ्रातृ एवं शुभेच्छुक संस्थाको विधानका बारेमा छलफल हुने तय गरिएको मुख्यमसचिव पौडेलले बताए।

उनका अनुसार, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ। सरकारका क्रियाकलाप तथा पछिल्लो समय देखिएको जनआक्रोसलगायतका विषयले पनि कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रवेश पाउने जनाएको छ।

प्रकाशित मिति: १०:२१ बजे, आइतबार, असार २२, २०७६