Kathmandu Press

प्रधानमन्त्रीलाई विज्ञको सुझाव : कोरोनाको तेस्रो लहरका लागि पूर्वतयारी गर्नुहोस्

काठमाडौं, साउन ६ : नेपाल जनस्वास्थ्य प्रतिष्ठानमा आबद्ध १६ जना विज्ञले प्रधानमन्त्री शेरबहादुर देउवालाई कोरोना भाइरसको तेस्रो लहरको जोखिम रहेको पूर्व तयारीका लागि...
प्रधानमन्त्रीलाई विज्ञको सुझाव : कोरोनाको तेस्रो लहरका लागि पूर्वतयारी गर्नुहोस्

काठमाडौं, साउन ६ : नेपाल जनस्वास्थ्य प्रतिष्ठानमा आबद्ध १६ जना विज्ञले प्रधानमन्त्री शेरबहादुर देउवालाई कोरोना भाइरसको तेस्रो लहरको जोखिम रहेको पूर्वतयारी गर्न सुझाव दिएका छन्।

डा. महेश मास्के, कुलचन्द्र गौतम, डा. रीता थापा, डा. बद्रीराज पाण्डे, डा. अरुण उप्रेती, डा. शिवकुमार राई, डा. छत्र अमात्य, डा. शरद वन्त, डा. अभिनव वैद्य, डा. समीर दीक्षित, डा. राजेन्द्र बिसी, डा. तीर्थ राना, डा. लोचना श्रेष्ठ, डा. विन्ज्वला श्रेष्ठ, डा. रजनी शाह र नारायण सुवेदीले सरकारलाई १८ बुँदे मागपत्रमार्फत त्यस्तो सुझाव दिएका हुन्।    

उनीहरूले योग्य, क्षमतावान, सत्यनिष्ठा र इमानदार छवि भएका व्यक्तिलाई स्वास्थ्य मन्त्री बनाउन पनि उनीहरूले अनुरोध गरे। स्वास्थ्यका मापदण्ड अपनाउन कडाइ गरेर कोरोना लागेकाको उपचारका लागि अस्पतालको बेड, एचडीयु, आइसीयु र भेन्टिलेटरको संख्या बढाएर  स्वास्थ्य प्रणालीको क्षमता स्तर वृद्धि गर्न पनि उनीहरुले सुझाएका छन्।

उनीहरूको मागपत्रमा कोभिडको परीक्षण बढाएर, आइसोलेसन र कन्ट्याक्ट ट्रेसिङमा वृद्धि गर्न पनि सुझाइएको छ।

अक्सिजन उत्पादन र आपूर्ति क्षमतामा वृद्धिका लागि सहरी क्षेत्रमा वडावडामा र ग्रामीण क्षेत्रमा प्रत्येक गाउँपालिकामा अक्सिजन बैंक स्थापना गर्नुपर्ने सुझाव पनि उनीहरूले दिएका छन्।

सीमानाकामा हुने आवागमनलाई अनुगमन गर्न आधारभूत सुविधासहितको होल्डिङ सेन्टर बनाउन पनि उनीहरूले सुझाएका छन्।

हेर्नुहोस् सुझावपत्र

 

 

 

 

प्रकाशित मिति: १५:४९ बजे, बुधबार, साउन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्