Kathmandu Press

खोप लिन आज एनओसीको जहाज चीन जाँदै, बिहीबार र शनिबार पनि जाने

काठमाडौं, साउन ६ : सरकारले चीनबाट कोरोना भाइरसविरुद्धको ४० लाख डोज खोप खरिद गरेको छ।सोही खोप लिन लिन नेपाल वायुसेवा निगम (एनओसी) को...
खोप लिन आज एनओसीको जहाज चीन जाँदै, बिहीबार र शनिबार पनि जाने

काठमाडौं, साउन ६ : सरकारले चीनबाट कोरोना भाइरसविरुद्धको ४० लाख डोज खोप खरिद गरेको छ।

सोही खोप लिन लिन नेपाल वायुसेवा निगम (एनओसी) को जहाज आज (बुधबार) राति ११ बजे चीनको बेइजिङ जाने भएको छ।

चीनबाट १० लाख खोप लिएर जहाज भोलि (बिहीबार) बिहान नेपाल आइपुग्ने निगमले जनाएको छ।

त्यसपछि लगत्तै अरू दुई दिन जहाज चीन जानेछ। भोलि (बिहीबार) साँझ र शनिबार पनि एनओसीकै जहाज १०/१० लाख डोज खोप बेइजिङ जाने तालिका छ।

यसअघि पनिएनओसीकै जहाजले ८ लाख डोज खोप ल्याएको थियो। 

प्रकाशित मिति: १५:०८ बजे, बुधबार, साउन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्