Kathmandu Press

सन् २०३२ को ओलम्पिक अस्ट्रेलियाको ब्रिसबेनमा हुने

काठमाडौं, साउन ६ : सन् २०३२ को ओलम्पिक अस्ट्रेलियाको ब्रिसबेनमा हुने भएको छ।टोकियोमा आज (बुधबार) सन् २०३२ को ओलम्पिक आयोजक छान्न भएको भोटिङमा ब्रिसबेनको...
सन् २०३२ को ओलम्पिक अस्ट्रेलियाको ब्रिसबेनमा हुने

काठमाडौं, साउन ६ : सन् २०३२ को ओलम्पिक अस्ट्रेलियाको ब्रिसबेनमा हुने भएको छ।

टोकियोमा आज (बुधबार) सन् २०३२ को ओलम्पिक आयोजक छान्न भएको भोटिङमा ब्रिसबेनको पक्षमा बढी मत आएको अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) ले जनाएको छ।

अस्ट्रेलियामा तेस्रोपटक ओलम्पिक हुन लागेको अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) ले जनाएको छ।

सन् १९५६ र २००० मा अस्ट्रेलियाका क्रमशः मेलबर्न र सिड्नीमा ‌ओलम्पिकको आयोजना गरिसकिएको छ। 

ब्रेसबनमा सम्पन्न हुनुअघि सन् २०२४ मा फ्रान्सको पेरिस र सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा ओलम्पिक आयोजना हुनेछ। 

सन् २०२० को ओलम्पिक कोरोना भाइरसले प्रभावित बनेको छ। उक्त ओलम्पिक एक वर्ष ढिला गरी टोकियोमा बिहीबार सुरु हुँदैछ।

प्रकाशित मिति: १४:४६ बजे, बुधबार, साउन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्