Kathmandu Press

प्रधानमन्त्री देउवाले सम्झिए बीपीसँगको चार दशकअघिको सान्निध्य

‘बीपी कोइराला मेरो राजनीतिक गुरु मात्रै होइन, मेरो अभिभावक पनि हुनुहुन्थ्यो। उहाँको प्रेरणाले नै हामी लोकतन्त्र प्राप्तिको आन्दोलनमा होमिएका थियौँ,’ देउवाले सामाजिक सञ्जालमा लेखेका छन्।
प्रधानमन्त्री देउवाले सम्झिए बीपीसँगको चार दशकअघिको सान्निध्य

काठमाडौं, साउन ६: प्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय बीपी कोइरालासँगको चार दशक पुरानो सान्निध्य स्मरण गरेका छन्।

बीपी कोइरालाको ३९ औँ स्मृति दिवसका अवसरमा देउवाले उनको मार्गदर्शन जीवनभर प्रेरणाको स्रोत रहेको उल्लेख गरेका छन्।

‘बीपी कोइराला मेरो राजनीतिक गुरु मात्रै होइन, मेरो अभिभावक पनि हुनुहुन्थ्यो। उहाँको प्रेरणाले नै हामी लोकतन्त्र प्राप्तिको आन्दोलनमा होमिएका थियौँ,’ देउवाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज उहाँको ३९ औँ स्मृति दिवस। आज मेरो स्मृति चार दशकअघि उहाँसँगको सामिप्यमा फर्किएको महसुस गरेको छु। तपाईंको मार्गदर्शन जीवनभर मेरो प्रेरणा हुनेछ।’

प्रधानमन्त्री देउवाको पुस्ता स्वर्गीय बीपी कोइरालाको निकट रहेर कांग्रेस राजनीतिमा होमिएको थियो। खासगरी, ०३६ सालको जनमत संग्रहताका देउवा बीपीको साथमा बहुदलको पक्षमा देशव्यापी प्रचारमा निस्किएका थिए।
 

प्रकाशित मिति: १४:०७ बजे, बुधबार, साउन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्