Kathmandu Press

नेपाल समूहको स्थायी कमिटी बैठक जारी

काठमाडौं, साउन ६ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ। बननेश्वरमा बैठकमा अहिले नेताहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको...
नेपाल समूहको स्थायी कमिटी बैठक जारी

काठमाडौं, साउन ६ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ। 

बानेश्वरमा बसिरहेकाे बैठकमा अहिले नेताहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको नेता नेपालको सचिवालयले जनाएको छ।

हिजो (मंगलबार) पनि बानेश्वरमै सो समूहको अनौपचारिक बैठक बसेको थियो। सो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ सांसदको सहभागिता थियो। सोही बैठकले बुधबार स्थायी कमिटीको बैठक बस्ने निर्णय गरेको थियो।

मंगलबारको छलफलमा संसद् जोगाउन सफल भएको र अब भने पार्टी अध्यक्ष केपी ओलीलाई सुधार्नतिर लाग्नुपर्ने निष्कर्ष निकालिएको एक नेताले बताए। ओली सुध्रिने 
स्थिति नदेखिए अलग पार्टी बनाउन उचित हुने सुझाव सांसदहरुले दिएको बताइएको छ।

एमालेभित्रको विवाद समाधान गरी एकताको स्थिति सिर्जनाका लागि गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिले खासै फलदायी हुन सकेन। ओली र नेपाल आआफ्नै अडान कायम रहँदा सो सहमतिपछि पनि विवाद बल्झि नै रहेका स्थिति छ।

अध्यक्ष ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक पनि आजै बस्दै छ। सो कमिटीको सोमबार बसेको बैठकले देउवालाई विश्वासको मत दिने सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरे पनि सर्वोच्चको परमादेशविपरीत हुने भएपछि पत्र भने पठाइनसकेको बुझिएको छ। 

    

प्रकाशित मिति: १३:५५ बजे, बुधबार, साउन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्