Kathmandu Press

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, साउन ५ : माओवादी केन्द्रले आज (बुधबार) अपराह्न २ बजेका लागि स्थायी कमिटी बैठक बोलाएको छ।सत्ता साझेदारसमेत रहेको माओवादी केन्द्रको आज बस्ने...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, साउन ५ : माओवादी केन्द्रले आज (बुधबार) अपराह्न २ बजेका लागि स्थायी कमिटी बैठक बोलाएको छ।

सत्ता साझेदारसमेत रहेको माओवादी केन्द्रको आज बस्ने बैठकमा सरकारमा मन्त्री थप्दा कसकसलाई कुन आधारमा पठाउने भन्ने विषयमा छलफल हुने बताइएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार अहिले पाँच सदस्यीय छ। अहिले माओवादी केन्द्रका तर्फबाट जनार्दन शर्मा र पम्पा भुसाल मन्त्री छन्।

शर्माले अर्थ मन्त्रालय सम्हालेका छन् भने भुसालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिममेवारीमा छन्। 

प्रकाशित मिति: १३:३७ बजे, बुधबार, साउन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्