जसपा अध्यक्ष यादव र स्विट्जरल्यान्डकी राजदूतबीच भेटवार्ता
काठमाडौं, साउन ६ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत एलिजावेथ वाँन क्यापेलरबीच भेटवार्ता भएको छ। पूर्वउपप्रधानमन्त्रीसमेत...
काठमाडौं, साउन ६ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत एलिजावेथ वाँन क्यापेलरबीच भेटवार्ता भएको छ।
राजदूत एलिजावेथ आज (बुधबार) दिउँसो पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवलाई जसपाको केन्द्रीय कार्यालय बालकुमारी पुगेकी थिइन्।
उक्त भेटघाटका क्रममा मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायत नेपालको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जनाएको छ।
प्रकाशित मिति: १३:१८ बजे, बुधबार, साउन ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











