कांग्रेसले भन्यो- विषादी परिक्षणमा विसर्जन भएको हो सरकारको राष्टवादी चरित्र?
काठमाडौं, असार २१ : प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारसँग नेपाल आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण स्थगितबारे आधिकारिक धारणा सार्वजनिक गर्न ....
काठमाडौं, असार २१ : प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारसँग नेपाल आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण स्थगितबारे आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेको छ।
शनिबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै सरकार आफ्नै घोषणा विपरीत उभिनु नागरिक जीवन माथि हदैसम्मको गैह्र जिम्मेवारीता भएको जनाएका छन्।
'निर्वाचनका बेला अभिव्यक्त महान राष्ट्रवादी नारा किन हद दर्जाको नालायकीपनका साथ विर्सजित हुँदैछ ?’ शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा नागरिक जीवन माथि खेलवाड नगर्न र विषादीयुक्त तरकारी–फलफुलको परिक्षणमा कडाई गरेर नियन्त्रण गर्न सरकारसलाई आग्रह समेत गरेको छ । विज्ञप्तिमा शर्माले चुनावका बेला भजाएको राष्टवाट कता गयो भन्दै प्रश्न समेत गरेका छन्।






