भारतबाट अवैध रूपमा ल्याइएका चाँदीका गरगहनासहित एकजना पक्राउ
पर्सा, साउन ६ : पर्सा प्रहरीले आज (बुधबार) भारतबाट अवैध रूपमा चाँदीका गरगहना ल्याएको आरोपमा वीरगन्जमा एकजनालाई पक्राउ गरेको छ। उनी बिहान साढे ८...
पर्सा, साउन ६ : पर्सा प्रहरीले आज (बुधबार) भारतबाट अवैध रूपमा चाँदीका गरगहना ल्याएको आरोपमा वीरगन्जमा एकजनालाई पक्राउ गरेको छ।
उनी बिहान साढे ८ बजे वीरगन्ज महानगरपालिका-१६ बाट पक्रिाउ परेका हुन्। पक्राउ पर्ने व्यक्ति सप्तरी राजविराज उपमहानगरपालिका-२ मेघराका ४३ वर्षीय अंगद साह हुन्।
उनी चितवन खैरेनी नगरपालिका-२ श्रीया ज्वेलर्सका सञ्चालकसमेत रहेको प्रहरीको भनाइ छ। उनले बोकेको कालो झोलाभित्र चाँदीका गरगहना ५ किलो ३ सय ३४ ग्राम फेला परेको पर्सा प्रहरीका्े भनाइ छ।
उनलाई कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउने जनाइएको छ।
प्रकाशित मिति: १२:२७ बजे, बुधबार, साउन ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)