Kathmandu Press

अन्तिम समयसम्म पार्टी एकताको पक्षमा उभिने एमालेको निर्णय

काठमाडौं, साउन ५ : नेकपा एमालेले अन्तिम समयसम्म पनि पार्टीभित्रको एकताका लागि पहल गर्ने निर्णय गरेको छ ।ललितपुरमा आज मङ्गलवार बसेको केन्द्रीय कमिटीको...
अन्तिम समयसम्म पार्टी एकताको पक्षमा उभिने एमालेको निर्णय

काठमाडौं, साउन ५ : नेकपा एमालेले अन्तिम समयसम्म पनि पार्टीभित्रको एकताका लागि पहल गर्ने निर्णय गरेको छ ।

ललितपुरमा आज मङ्गलवार बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीभित्रका समस्यालाई सकभर समाधान नै गर्ने ढङ्गले अघि बढ्नुपर्ने निष्कर्ष निकालेको हो ।

आन्तरिक विवाद समाधानका लागि बनेको कार्यदलले दिएको १० बुँदे प्रस्ताव कार्यान्वयन गर्दै अन्तिम समयसम्म पनि पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा केन्द्रीय सदस्यले जोड दिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । यस्तै विभिन्न प्रदेशका इन्चार्जले एमालेभित्र झगडा भएपछि प्रदेशमा पार्टीको अवस्थाबारे रिपोर्टिङ गरेका छन् ।

एमालेमा केही व्यक्तिले पार्टी छाड्दा कस्तो प्रभाव पर्छ भन्ने विषयमा पनि प्रदेशका इन्चार्जले सुझाव दिएका छन् । प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदको कारबाहीको विषयमा आजको बैठकमा भने कुनै छलफल नभएको बताईएको छ । 
 

प्रकाशित मिति: २०:०७ बजे, मंगलबार, साउन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्