Kathmandu Press

कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट सुरु हुने

काठमाडौं, साउन ५ : कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ ।मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले...
कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट सुरु हुने
फाइल तस्बिर

काठमाडौं, साउन ५ : कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ ।

मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । भौतिक दूरी कायम राख्दै स्वास्थ्य सुरक्षाको उपाय अपनाउँदै परीक्षा लिने व्यवस्था मिलाउन समेत बोर्डले निर्देशन दिएको छ ।

परीक्षा भदौ ९ गतेसम्म सञ्चालन हुनेछ । गत जेठ २६ गते तय भएको परीक्षा दोस्रो लहरको कोरोना संक्रमणको तीव्र गतिमा फैलन थालेपछि स्थगित भएको थियो ।

यस पटक तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा बिहान ११ बजेबाट २ बजेसम्म सञ्चालन हुनेछ । 

प्रकाशित मिति: १८:५१ बजे, मंगलबार, साउन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्