Kathmandu Press

एमिललाई तीन स्वर्ण

काठमाडौं, साउन ५ : नेपालको एमिल तेक्वान्दो डोजाङका खेलाडीले तेस्रो एमके क्लासिक खुला अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण जितेका छन्। त्यसका अलावा...
एमिललाई तीन स्वर्ण
Hardik ivf

काठमाडौं, साउन ५ : नेपालको एमिल तेक्वान्दो डोजाङका खेलाडीले तेस्रो एमके क्लासिक खुला अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण जितेका छन्। त्यसका अलावा एमिलका खेलाडीले समान एक–एक रजत र कांस्य पनि जिते।

पुरुष यु–१० मा एड्रिम राई र यु–९ मा कर्मा तामाङ तथा महिला यु–७ मा विशेषता रन्जितले स्वर्ण चुमे। पुरुष यु–९ मा आराध्यादेव अछामीले रजत तथा यु–१३ ब्ल्याकबेल्टमा स्वरुप बायुङ राईले रजतपदक हात पारेको एमिलका प्रमुख प्रशिक्षक विश्व राईले जानकारी दिए। 

प्रतियोगितामा राईले निर्णायकको भूमिकासमेत निर्वाह गरेका थिए। प्रतियोगितामा एमिलबाट पाँच खेलाडी सहभागी भएकामा पाँचै जनाले पदक हात पार्न सफल भएका हुन्। प्रतियोगिता भारतमा जुलाई १६ देखि १८ तारिखसम्म भएको थियो।
 

प्रकाशित मिति: १७:५९ बजे, मंगलबार, साउन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्