Kathmandu Press

प्रधानमन्त्री देउवाद्वारा खुमलटार पुगेर प्रचण्ड पत्नी सीताको स्वास्थ्यलाभको कामना

प्रधानमन्त्री शेरबहादुर देउवाले खुमलटारस्थित निवासमा पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहालको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
प्रधानमन्त्री देउवाद्वारा खुमलटार पुगेर प्रचण्ड पत्नी सीताको स्वास्थ्यलाभको कामना

काठमाडौं, साउन ५ : प्रधानमन्त्री शेरबहादुर देउवाले खुमलटारस्थित निवासमा पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहालको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

सीता लामो समयदेखि बिमारीले थलिएकी छन् । सीतालाई भेटेर प्रधानमन्त्री देउवाले स्वास्थ्यलाभको कामना गरेका हुन् ।

सीतालाई भेटेलगत्तै प्रचण्ड निवासमा देउवा, प्रचण्ड, नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्काले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरेका छन् ।
 

प्रकाशित मिति: १७:५० बजे, मंगलबार, साउन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्