Kathmandu Press

उपत्यकामा थप ७१९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ, साउन ५ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी...
उपत्यकामा थप ७१९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ, साउन ५ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमितमध्ये काठमाडौंका ५३१, भक्तपुरका ४१ जना र ललितपुरका १४७ जना छन्।

योसँगै मंगलबारसम्म काठमाडौं उपत्यकामा ७ हजार २४१ सक्रिय कोरोना संक्रमित छन्। काठमाडौंमा मात्रै ५५३७, भक्तपुरमा ८२९ जना र ललितपुरमा ८७५ जना सक्रिय संक्रमित छन्।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर ३ हजार १०८ जना कोरोना संक्रमित थपिएका छन्।

प्रकाशित मिति: १६:५७ बजे, मंगलबार, साउन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्