Kathmandu Press

यस्तो रह्यो यो साता शेयर बजारको अवस्था, अब के होला?

काठमाडौं, असार २१ : यो साता नेप्से परिसूचक १२५७ दशमलव १६ विन्दुमा खुलेको थियो भने १२७२ दशमलव ७९ को ‘इन्ट्राडे’ उच्च विन्दु बनाएको थिय....

यस्तो रह्यो यो साता शेयर बजारको अवस्था, अब के होला?

काठमाडौं, असार २१ : यो साता नेप्से परिसूचक १२५७ दशमलव १६ विन्दुमा खुलेको थियो भने १२७२ दशमलव ७९ को ‘इन्ट्राडे’ उच्च विन्दु बनाएको थियो।

त्यसैगरी, ‘इन्ट्राडे’ न्यून विन्दु १२३७ दशमलव ४३ थियो भने बजार १२६० दशमलव ४७ विन्दुमा बन्द भएको थियो। यो अघिल्लो साताभन्दा ० दशमलव २७ प्रतिशतको वृद्धि हो।  यो साता पाँच कारोबार दिनमा २ अर्ब ६६ करोड ९७ लाख बराबर रकमको शेयर कारोबार भएको छ। 

प्राविधिक विश्लेषण 

Hardik ivf

चित्र नं १ : साप्ताहिक मैनबत्ती प्रवृत्ति

विगत ११ महिनादेखि बजारको उतारचढाव कस्तो रह्यो भनि हेर्नलाई चित्र नं. १ मा नेप्सेको साप्ताहिक मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो साता र यो साताको मैनबत्तीले बुलिस एन्गल्फिङ्ग आकृति बनाएको छ। यसले बजार सकारात्मक क्षेत्रमा हुन सक्ने संकेत गर्दछ। 

चित्र नं.२ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं.२, दैनिक मैनबत्ती प्रवृत्तिहरुले यो साता विक्रेता र क्रेता दुबै हाबी रहेको देखिन्छ। यो साता १४ दिनको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए) प्रतिरोधको रुपमा देखिएको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ४६ दशमलव ३७ अंकमा रहेको छ। एमएसिडीको प्रवृत्तिले बजार नकारात्मक क्षेत्रमा रहेपनि बजारमा क्रेताको चाप प्रारम्भिक रुपमा रहेको संकेत गरेको छ। 

निष्कर्ष : हालसम्म नेप्सेका प्रवृत्ति र सूचकले मिश्रित संकेत गरेको छ। हाल बजार टेवा क्षेत्रमा रहेको देखिन्छ। समग्रमा हेर्दा यदि बजार १२७३ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने र अर्को तत्कालीन मुख्य प्रतिरोध १२९० देखि १३०० को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै, यदि बजार १२५० भन्दा तल रहेमा बजार अझ केही सच्चिन सक्ने देखिन्छ।
 

प्रकाशित मिति: १७:३५ बजे, शनिबार, असार २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्