Kathmandu Press

१३औैं महाधिवेशनमा ‘डिजिटल भोटिङ’ को तयारीमा कांग्रेस 

काठमाडौं, साउन ५ : नेपाली कांग्रेसकोे १४औं महाधिवेशनको वैचारिक प्रचारका लागि प्रविधि मैत्री अभियानको थालनी गरिएको छ । केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले...
१३औैं महाधिवेशनमा ‘डिजिटल भोटिङ’ को तयारीमा कांग्रेस 

काठमाडौं, साउन ५ : नेपाली कांग्रेसकोे १४औं महाधिवेशनको वैचारिक प्रचारका लागि प्रविधि मैत्री अभियानको थालनी गरिएको छ । केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले प्रविधि मैत्री अभियान सुरु गर्ने निर्णय लिएको उल्लेख गरिएको छ। 

बैठकमा नेपाली कांग्रेसको वेबसाइटलाई आधुनिकीकरणका साथसाथै क्रियाशिल सदस्यताको अभिलेखिकरणको कार्यमा सकारात्मक रहेको बताइएको छ । त्यस्तै केन्द्र र ७ प्रदेशको ‘डिजिटल भोटिङ’ गर्न सकिने व्यवस्था गरिएको जनाइएको छ। 

कोरोना भाइरसको संक्रमण कम भएको मौकामा नेपाली कांग्रेसको १४औं महाधिवेशन भौतिक रुपमै आयोजना गर्ने अपेक्षा रहेपनि पछिल्लो समय बढ्दो कोरोनाको संक्रमणलाई ध्यानमा राखी विभागले ‘डिजिटल भोटिङ’ को सुरुवात गरेको बताइएको छ । 

गत महिना असार (२४ र २५) मा बसेको नेपाली कांग्रेस, केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको तेस्रो पूर्ण बैठक  भौतिक र भर्चुअल दवैै प्रक्रियाबाट सम्पन्न भएको हो । उक्त बैठक विभागका प्रमुख एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको सभापतित्वमा बसिएको थियो । बैठकमा ‘डिजिटल भोटिङ’ को अवधारणालाई अन्तिम रुप दिएको वक्तव्य जारि गरिएको छ। 

७७ वटै जिल्ला रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिइएको छ । प्रविधि मार्फत केन्द्र र ७ प्रदेशको निर्वाचन सम्बन्धि सबै प्रक्रिया सम्पन्न गर्न सकिने क्षमता रहेको बताइएको छ। 

‘डिजिटल भोटिङ’को लागि जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणका लागि दक्ष इन्जिनियरहरुको नेटवर्क तयार गरिएको जनाइएको छ । प्रविधि मैत्री अभियानलाई सफल बनाउनका लागि केन्द्रीय समितिमा प्रतिवेदन पठाउने र केन्द्रीय समितिको निर्देशन अनुरुप प्रविधिको व्यवस्थापन गर्ने बताइएको छ । १४ औं महाधिवेशन प्रचारलाई विगत भन्दा भिन्न र जीवन्त शैलीमा अघि बढाउने बताएको छ ।  १४ औं महाधिवेशनसँग सम्बन्धित प्रतिनिधि चयन प्रक्रिया, उम्मेदवारीका आधारलगायत विधानको व्यवस्थालाई सरलीकरण गर्दै सबै क्रियाशिल सदस्यमाझ पुुर्याउनका लागि आवश्यक सामग्री तयार गर्न संयोजनका लागि सचिव दिनेश थापा मगरलाई दिइएको बताइएको छ। 
 

प्रकाशित मिति: १४:३८ बजे, मंगलबार, साउन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्