Kathmandu Press

पोखरा महानगरले मेयर जिसीको उपचारका लागि १० लाख दिने

पोखरा, साउन ५ : मस्तिष्कघात भएर काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत मेयर मानबहादुर जिसीको उपचार खर्चका लागि पोखरा महानगरले १० लाख रुपैयाँ दिने भएको...
पोखरा महानगरले मेयर जिसीको उपचारका लागि १० लाख दिने

पोखरा, साउन ५ : मस्तिष्कघात भएर काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत मेयर मानबहादुर जिसीको उपचार खर्चका लागि पोखरा महानगरले १० लाख रुपैयाँ दिने भएको छ। 

पोखरा महानगरको मंगलबार बसेको ५१औं कार्यपालिका बैठकले मेयर जिसीको उपचारका लागि रकम उपलब्ध गराउने निर्णय गरेको हो। महनगरका प्रवक्ता धनबहादुर नेपालीले उक्त रकम प्रकोप व्यवस्थापन कोषबाट खर्च गर्ने निर्णय भएको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

शुक्रबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि मेयर जिसीलाई उपचारका लागि मणिपाल अस्पताल लगिएको थियो । शुरुमा मेयर सचिवालयले हृदयघात भनेर सूचना प्रवाह गरे पनि मणिपालमा मस्तिष्कघात भएको पुष्टि भएको थियो । 

मणिपाल शिक्षण अस्पतालमा प्राथमिक उपचारपछि शुक्रबारै दिउँसो हेलीमार्फत काठमाडौं लगिएको थियो । चिकित्सकको २४ घन्टे निगरानीमा पनि नसाको समस्या हल नभएपछि शनिबार शल्यक्रिया गरिएको थियो । मेयर जिसीको स्वास्थ्यअवस्था अहिले सुधारोन्मुख रहेको बताइएको छ । 

प्रकाशित मिति: १३:३६ बजे, मंगलबार, साउन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्