Kathmandu Press

विषाक्त मदिरा सेवनबाट गम्भीर बिरामी दुुई जनालाई पोखरा पठाइयो

बागलङु, साउन ५ : गलकोट नगरपालिकामा घरेलु विषाक्त मदिरा सेवन गरी गम्भीर बिरामी परेका दुई जनालाई पोखरा पठाइएको छ।धौलागिरि अस्पतालमा उपचाररत रहेका रोल्पा सुनिल...
विषाक्त मदिरा सेवनबाट गम्भीर बिरामी दुुई जनालाई पोखरा पठाइयो

बागलङु, साउन ५ : गलकोट नगरपालिकामा घरेलु विषाक्त मदिरा सेवन गरी गम्भीर बिरामी परेका दुई जनालाई पोखरा पठाइएको छ।

धौलागिरि अस्पतालमा उपचाररत रहेका रोल्पा सुनिल स्मृति गाउँपालिका–५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रविन पुनलाई थप उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल पोखरा पठाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिए।

दुवैको मिर्गौलामा असर पु¥याएको जनाइएको छ। नगरपालिकामा मजदुरी गर्दै आएका चारजना मजदूरको भने आज बिहान मदिरा सेवन गरेका कारण ज्यान गएको थियो। उनीहरुको चार जनाको धौलागिरि अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।

रोल्पा सुनिल स्मृति गाउँपालिका–५ का २१ वर्षीय दीपेन्द्र पुन, सोही स्थानका ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रवीन घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए। प्रहरीले मदिरा पसल सञ्चालक तथा पसलका खाद्य सामग्री नियन्त्रणमा लिएको छ। 
 

प्रकाशित मिति: १२:५९ बजे, मंगलबार, साउन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्